१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कोभिड सम्बन्धी त्रुटिले उत्तर कोरिया गम्भीर संकटमा : नेता किम


0
Shares

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताउनुभएको छ ।

उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा गरेको जनाएको छ ।

तर मुलुकमा कस्तो संकट देखियो भनेर केही उल्लेख नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई उत्तर कोरियामा महामारीको गम्भीरताको संकेतमा रुपमा अथ्र्याइएको छ ।

यसअघि उत्तर कोरियाले आफ्नो मुलुकमा कोभिडको कुनै संक्रमण नरहेको जिकिर गरेको थियो । महामारीबाट बच्न उत्तर कोरियाले आफ्ना सीमाहरु बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय नाकाबन्दी र सीमा बन्दले त्यहाँ खाद्य संकट उत्पन्न भएर अर्थव्यवस्था धर्मराएको थियो । नेता उनलेले पहिलोपटक देशमा खाद्य संकट उत्पन्न भएको स्वीकार गर्दै नागरिकहरुलाई खराब स्थिति सामनाको लागि तयार रहन निर्देशन दिनुभएको थियो ।

सरकारी समाचार एजेंसी केसीएनएले नेता Þ किमले पार्टी नेताहरुको एक विशेष बैठकमा शीर्ष अधिकारीमाथि लापरबाहीको आरोप लगाउनुभएको हो ।

यही मामिलामा कारबाही स्वरुप उहाँले शक्तिशाली स्थायी कमिटीका एक सदस्यसहित धेरै उच्च अधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको बताइएको छ ।