१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


चितवनमा असार २४ गतेसम्मका लागि निषेधाज्ञा थप


0
Shares

चितवन, असार १६ । चितवन जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

असार १७ गतेसम्म रहेको निषेधाज्ञा पुनः थप गरी असार २४ गते सम्म लम्ब्याइएको छ । जिल्लामा साना सार्वजनिक सवारी साधनसमेत चल्न दिइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

बढीमा २ जनासम्म यात्रु राखी जोर विजोर प्रणाली अनुसार तीन पाँग्रे सवारी अटो टेम्पु र ट्याक्सी पनि सञ्चालन गर्न पाइने भएको हो ।

त्यस्तै जिल्लाका सवै सरकारी कार्यालय खुल्ने भएका छन् । तर सेवाग्राहीको भीड हुने कार्यालयहरु जिल्ला प्रशासन, मालपोत, नापी तथा यातायात व्यवस्था कार्यालयहरुले हप्ताको बार अनुसार फरक फरक सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यस्तै जिल्लामा खाद्यान्न तरकारी, फलफूल, दूध डेरी, माछा मासु आदि विहान ६ देखि १० बजेसम्म र अन्य पसलहरु हप्ताको तीन दिन आइतवार, मंगलवार र बिहीवार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने जानकारी दिनुभयो ।