१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घरेलुले दियो अर्घाखाँची होटल व्यवसायीलाई खाना बनाउने तालिम


0
Shares

अर्घाखाँची, असार १६ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले निषेधाज्ञाका कारण बन्द रहेका होटल व्यवसायीलाई खाना बनाउने तालिम दिन थालेको छ ।

नेपाली, भारतीय र चिनियाँ खानाका परिकार बनाउने तालिम संचालनमा ल्याएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।

तालिममा छनोटमा परेका २० जना होटल व्यावसायीको सहभागीता रहेको छ ।

पछिल्लो समय जिल्लामा देश तथा विदेशका खानाका परिकारको माग बढ्दै गएकोले सोहि बमोजिमको प्रशिक्षक लिएर सैद्वान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको बताईएको छ ।