
संखुवासभा, असार १६ । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले १० दिन निषेधाज्ञा थप गरेको छ ।
जिल्लामा कोरोना संक्रमण समुदायमा स्तरमा नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको संखुुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा अहिले कोरोना सक्रमित समुदाय स्तरमा रहेको र सक्रमणमा कमि नआएकोले असार २६ गते शनिवार राति १२ बजे सम्मकालागी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्