
झापा, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर झापाका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् ।
प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले वहुलाएको सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप दिएर प्रधानमन्त्री ओलीको प्रतिकात्मक विरोध जनाएका हुन् ।
बुधबार साँझ झापाको बिर्तामोडमा पाँच विद्यार्थी संगठनले आयोजित विरोध कार्यक्रममा प्रधानमन्त्री ओलीको कार्यशैली अमर्यादित र अशिष्ट भएको भन्दै भत्सना सहित प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्