
काठमाडौं, असार १६ । चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले छ महिनामा संसोधन गरी १३ खर्ब ४४ अर्बमा झारेको थियो ।
अहिले सो लक्ष्य भेट्न पनि सरकारलाई मुस्किल देखिएको छ । कोरोना लहरका कारण थलिएको अर्थतन्त्र चलायमान बन्न नसकिरहेका बेला सरकारको खर्च क्षमतामा समेत ह्रास आएको हो ।
चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहदा सरकारी खर्च जम्मा ९ खर्ब ८५ अर्ब भएको छ ।
यो लक्षित खर्चको ६६ दशमलव ८ प्रतिशत हो । जसमा चालु खर्च ७ खर्ब ४७ अर्ब खर्च भएको छ ।
जुन लक्षित ९ खर्ब ४८ अर्बको ७८ दशमलव ८ प्रतिशत हो । यस्तै ३ खर्ब ५२ अर्बको लक्षित पूँजीगत खर्चमा १ खर्ब ६० अर्ब मात्र खर्च हुन सकेको छ ।
यो लक्षित खर्चको ४५ दशमलव ५१ प्रतिशत हो । यसैगरी चालु आर्थिक वर्षको लागि वित्त व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब छुट्याइएको हालसम्म जम्मा ७६ अर्ब खर्च भएको छ ।
यो जम्मा ४४ दशमलव ३८ प्रतिशत मात्र हो । बर्षेनी बजेटको आकार बढ्दै जाने तर खर्च गर्ने प्रवित्तिमा परिवर्तन आउन नसक्दा पूँजीगत खर्चको अवस्था यो बर्ष पनि दयनीय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्