१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अब कृषि विकास बैंकको क्रेडिट कार्ड


0
Shares

काठमाडौं, असार १६ । कृषि विकास बैंकले पनि क्रेडिट कार्ड जारी गरेको छ ।

नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको बैंकको दाबी छ ।

गत बैशाख महिनाबाट यो सेवा थालेको बैंकले हालसम्म ७८ वटा कार्ड जारी गरिसकेको जनाइएको छ ।

कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिक, यस बैकका पूर्व तथा वर्तमान बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको जनाइएको छ ।

Contactless Payment जस्ता सुविधा भएको यो कार्ड नेपाल र भारतमा चल्ने र POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने जनाइएको छ ।