१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इण्डोनेसियामा कोरोनाको डेल्टा भेरियन्ट तीब्र गतिमा फैलिदै, दुई साता लकडाउन


0
Shares

एजेन्सी । इण्डोनेसियामा कोरोनाको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेलिएपछि दुई साताका लागि लकडाउन घोषणा गरिएको छ ।

इण्डोनेसियाको बाली र जाभा प्रान्तमा दैनिक २० हजारका दरले कोरोना संक्रमित थपिएपछि कडा खालको लकडाउन गर्न बाध्य भएको इण्डानेशियाली सरकारले जनाएको छ ।

इन्डोनेसियाका राष्ट्रपति जाोको विडोडोले देश कोरोना महामारीको थप चपेटामा परेको भन्दै लकडाउन गर्न बाध्य भएको बताउनुभएको छ ।

उहाँले संक्रमितको संख्या दैनिक १० हजारमा नझरेसम् लकडाउन लम्बिन सक्ने संकेत गर्नुभएको छ ।

लकडाउन अवधिभर नागरिकहरुलाई बिदेश भ्रमणमा रोक लगाइएको छ भने अत्यावश्क सामग्रीका पसल बाहेक अन्य बजार क्षेत्र पुर्ण रुपमा बन्द गरिने छ ।

दक्षिण पुर्वी एसियालाी मुलुकहरुमा इन्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा परेको छ ।

इन्डोनेसियामा कोरोनाका कारण ५८ हजार ४ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २१ लाख ७८ हजार २ सय माथि पुगको छ ।