
तस्बिर फाइल
काठमाडौं, असार १७ । गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।
बाढी पहिरोका कारण नागरिक मारमा परेको भन्दै उहाँले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभयो ।
गृह मन्त्रालयमा बिहीबार बसेको विपद ब्यवस्थापन सम्बन्धि बैठकमा उहाँले अविरल वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिनुभएको हो ।
उद्धार तथा राहतका लागि स्रोतको अभाव हुन नदिने उहाँको भनाई छ ।
बैठकमा गृह सचिव महेश्वर न्यौपानेले उद्धार तथा राहत कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकोले राहत तथा उद्धारमा स्रोतको अभाव नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्