
काठमाडौं, असार १७ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहण गरेसँगै संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताउनुभयो । स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्ने उहाँको तर्क छ ।
आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्वपुर्ण हुने वश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्