
काठमाडौं, असार १७ । मलेसियन गाडी प्रोटोनको पहिलो एसयुभि एक्स सेभेन्टी नेपाली बजारमा भित्रिएको छ ।
नेपालका लाग प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलको पहिलो एस.यु.भि प्रोटोन सेभेन्टी भर्चुअल लाइभमार्फत सार्वजनिक गरेको हो ।
५–स्टार एसिएन एन क्याप सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ बर्ष अथवा १,५०,००० कि.मि वारेन्टी रहेको कम्पनीले जनाएको छ । यसको सुरुवाती रकम भने हाललाई रु ८६ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।
यसमा रहेको अत्याधुनिक भोइस कमान्ड सिस्टमले गाडी भित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा गर्न सकिने जनाइएको छ ।
यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्