१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बंगलादेशमा सर्वसाधारणले लकडाउन अवज्ञा गरेपछि सेना परिचालन


0
Shares

एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ ।

कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका लागि लकडाउन घोषणा गरिएको हो ।

सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गर्ने क्रममा सेनाले लकडाउन उलंघन गर्ने २ सय भन्दा बढीलाइ पक्राउ गरि कारबाही प्रक्रिया अघी बढाएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द गरिएका छन् ।

पछिल्लो समय बंगलादेशमा मास्क प्रयोग गर्नमा लापरवाही गर्नुका साथै सभा र सेमिनारहरु आयोजना गरिने क्रम नरोकिएकोले पनि लकडाउन गर्नुपर्ने बाध्यता रहेको बंगलादेश सरकारले जनाएको छ ।

बंगलादेशमा कोरोनाका कारण १४ हजार ५ सय बढीको मृत्यु भइुसकेको छ भने संक्रमितको संख्या ९ लाख १३ हजार माथि पुगेको छ ।