
काठमाडौं, असार १७ । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्वद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई पर्खने भएका छन् ।
काठमाडांै जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो ।
असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरि सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फुर्त रुपमा असार १८ गते देखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
सोही विषयमा विहिबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सिसिएमसी, मातहततका निकाय, स्वास्थयमन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय माग्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफुहरु तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयले केही समय मागेकाले । सिडिओले मातहतका निकायसंग छलफल गरेर निर्णय गर्छौ भने पछि २१ गतेसम्म पर्खिन सहमत भएको बताउनुभयो ।
अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ ग्तेसम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिनुभयो । २१ गते पनि आफुहरुको पक्षमा निर्णय नभए २२ गतेदेखि सबै सवारीसाधन सञ्चालन गर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको बिहीबार ६३ दिन पुगिसकेको छ । २५ सिट भन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा तीनमा कार्यरत मजदुरले आफुहरुको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गर्दै आएका छन् ।
उनीहरुले शुक्रबार १८ गतेदेखि सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्