२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु हुदैन : सुमनराज प्याकुरेल


0
Shares

काठमाडौं, असार १७ । नेकपा(एमाले)का राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले ‘राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु जरुरी छ । शक्ति पृथकीकरणको सिद्धान्त नबुझेर न्यायपालिकामा लगेको । न्यायपालिकामा हानी गर्न लागेको त्यसप्रति सचेत हुन जरुरी छ । राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु आवश्यक छ । राजनीतिक विवादको अन्त्य हामीले अन्तबाट खोज्यौँ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग अलग जुन शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझीकन हरेक कुरोलाई न्यापालिकामा जसरी हामी लगिरहेका छौँ र न्यायापालिकालाई हानी गर्न जुन प्रयत्न भइरहेको छ । त्यसबाट सचेत हुन आवश्यक छ । प्रत्येक राजनीतिक समस्याको थलो न्यायपालिका हुन सक्दैन ।’ भन्नुभयो ।

उहाँले विपक्षी राजनीतिक दलहरुले संविधानको मर्म विपरित निर्दलीयताको वकालत गरेको भन्दै दुख व्यक्त गर्नुभयो ।

प्याकुरेलले वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै आजसम्मको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक समस्या समाधानका निम्ति सबै राजनीतिक शक्तिहरु सहमतीका साथ अघि बढ्न उहाँले अनुरोध गर्नुभयो ।