११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो


0
Shares

एजेन्सी । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले अनुसार हालसम्म संक्रमित हुनेको कुल संख्या ३ करोड ४ लाख ५८ हजार २ सय ५१ पुगेको छ । ती मध्ये २ करोड ९५ लाख ४८ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म ३४ करोड ७६ हजार भन्दा बढी नागरिकले कोरोना बिरुद्धको खोप लगाइसकेका छन ।

यद्दपी भारतका महाराष्ट्र लगायत उत्तर प्रदेशमा कोरोना संक्रमण दर नघेटका कारण भारतमा कोरोना संक्रमितको दर बढेको जनाइएको छ ।