
काठमाडौं, असार १८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार १० हजार ५ सय ९६ जनामा गरिएको परीक्षणमा २१ दशमलव ६९ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।
काठमाडौ उपत्यकामा ४ सय २८ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौका ३ सय १६, ललितपुरका ७८ र भक्तपुरका ३४ जना रहेका छन् ।
उपत्यकापछि झापा, सुनसरी, चितवन र कास्की जिल्लामा आज बढी संक्रमित भेटिएका छन् ।
परीक्षणको तुलनामा कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् । कर्णालीमा ५२ जनामा गरिएको परीक्षणमा ३४ जनामा संक्रमण देखिएको छ ।
सो अवधिमा ३ हजार ४ सय ५१ जनाले संक्रमण जितेका छन् । योसँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ भने ६ लाख ३ हजार ६ जनाले संक्रमण जितेका छन् । कूल संक्रमित संख्याको ९४ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । हाल देशभर २९ हजार २ सय ७४ जना सक्रिय संक्रमित छन् ।
जसमा २६ हजार ३ सय ३६ जना होम आइसोलेसनमा छन् भने २ हजार ९ सय ३८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ६ सय ३२ जना आइसियू र १ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्