
काठमाडौं, असार १८ । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्वको १० लाख डोज खोप आउने भएको छ ।
भारतसँग खरिद गरेको खोप आउने सम्भावना नदेखेपछि सरकारले चीनबाट खोप ल्याउन पहल गरेकोमा चीनले नेपाललाई १० लाख डोज खोप आगामी साता दिने भएको हो ।
सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार भएमात्र खोप दिने भनेपछि सोहीअनुसार नेपालले पनि सहमति जनाएको थियो ।
खोप लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी बिमान यही असार २४ गते चीन जाने भएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।
खोप लिएर निगमको जहाज असार २५ गते काठमाडौं फर्किनेछ । सो खोप आएपछि पहिलो डोज खोप नलगाएकार अग्रपंक्तिमा खट्ने ब्यक्तिहरुलाई प्राथमिकतामा राखिने खोप ब्यबस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्