१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीतिका लागि पुनरकर्जा सहजलगायत ३७ बुँदे चेम्बरको सुझाब


0
Shares

काठमाडौं, असार १८ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्ष विस्तारित मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत निजी क्षेत्रलाई संरक्षण गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

अहिलेको विषम परिस्थतिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन सम्भव नदेखिने बताउनु हुंदै मल्लले निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकले मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखेको बताउनुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले अहिलेको बिषम परिस्थितिमा बित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताउनु हुंदै चेम्वर मार्फत व्यवसायीहरुलाइ मुलुकको अर्थतन्त्रलाइ दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न पनि आग्रह गर्नु भएको चेम्बरले जनाएको छ ।

औपचारिक अर्थतन्त्रलाई ख् क्जबउभ मा पुनरुत्थान गर्नका लागी सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रको लागी थप भएको कोभिड–१९ प्रभावित पुनरकर्जा २०० अर्ब ३ प्रतिशत ब्याजदरमा २ वर्ष देखि ३ वर्ष सम्म प्रवाह गर्नका लागी विषेश व्यवस्था गरिनुपर्ने, सबै लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्र लाई निषेधाज्ञा अवधिभरको ब्याजमा ५०% छुट दिनुपर्ने, पुनर्कर्जाको वितरण कार्यविधी अत्यन्त सरल र सहज हुनुपर्ने लगायतका ३७ बुँदे सुझाब चेम्बरले दिएको छ ।