
बैतडी, असार २० । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
आइतबार दुर्घटना हुँदा ३ जनाको मृत्यु र ११ जना घाइते छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेहरुमा सिगास गाउँपालिका– ३ का ४५ वर्षीय जयसिंह धामी, ४५ वर्षीय मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
सिगास गाउँपालिका– ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४७ वर्षीय कृष्ण धामी, ४० वर्षीया गोमती साउँद र २० वर्षीय राजेन्द्र धामी गम्भीर घाइते भएका छन् ।
यस्तै दुर्घटनामा परी सिगास गाउँपालिका– ३ कै २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलबीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी, र २० वर्षीय रविन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
सिगास गाउँपालिका– ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप सिगासकै लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त जिपका चालक १९ वर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ ।
१६ जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्