
काठमाडौं, असार २० । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताउनुभएको छ ।
पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेट्नुभएको थियो ।
भेटमा उहाँले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसंगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्