
तस्बिर फाइल
हेटौंडा, असार २० । मकवानपुरमा निषेधाज्ञा पुनः थपिएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कोभिडको जोखिम अझै रहेकाले असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्