१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


थप १६ सय जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार २० । नेपालमा कोरोना भाइरसबाट ९ हजार २२५ जनाको मृत्यु भएको छ ।

आइतबार २७ मृतक थपिएसँगै अहिलेसम्म मृत्यु हुने ९ हजार २२५ जना पुगेका हुन् । आइतबार १६ सय ३ जना संक्रमित थपिएका छन् ।

४ हजार ८७६ पीसीआरबाट १ हजार ४२ जना तथा ३ हजार २ सय ५६ एन्टिजेनबाट ५ सय ६१ जना संक्रमित थपिएका हुन् ।

अहिले पनि कुल परीक्षणको २० प्रतिशत बढीमा संक्रमण देखिने गरेको छ । त्यस्तै पीसीआर परीक्षणको २१ दशमलव ४ प्रतिशतमा संक्रमण देखिएको छ ।

संक्रमित थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ४ सय ६१ जना हुन् । जसमा काठमाडौंका ३ सय ४२, ललितपुरका ८८ तथा भक्तपुरका ३१ जना हुन् । २ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

हाल ९ वटा जिल्लामा सक्रिय संक्रमित पाँच सय बढी रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना शुन्य जिल्ला कुनै पनि नभएको जनाएको छ ।