
फाइल तस्वीर
रौतहट, असार २० । रौतहटको मानव वस्तिमा प्रवेश गरेको जङ्गली हात्ती भारत पुगेको छ ।
रौतहटको गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा सहितको गाउँमा दिनभर आतंक मच्याएको जङ्गली हात्ती लक्ष्मीपुर बेलबिछवा हुँदै भारतको सितामडी जिल्लाको जोडियाई पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले नेपाली जङ्गली हात्ती भारत पुगेको बताउनुभयो । हात्तीलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा निकुञ्ज र डिभिजन बन कार्यालय र प्रहरीको संयुक्त टोलि खटिएपनि हात्ती भारत तर्फ गएको छ ।
हात्तीलाई फर्काउन निकुञ्जले भारतसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्