२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता असम्भव : वामदेव गौतम


0
Shares

काठमाडौं, असार २० । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकापसमा निकै रिसाएको र उनीहरुको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास सार्थक नहुने प्रष्ट पार्नुभयो ।

आफु भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओली तिर लागेको भन्दै गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गर्नुभयो ।