
काठमाडौं, असार २० । विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् ।
राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र पूर्व नेताहरुले प्रधानमन्त्री ओलीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाएको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अस्पतालमा भेन्टिलेटर र आइसियु खोज्नुपर्ने संकटको बेलामा मतपेटीका खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

त्यसैगरी, कांग्रेस नेता गुरुराज घिमिरेले प्रधानमन्त्री ओली श्री ३ भन्दा पनि अहंकारी देखिएको टिप्पणी गर्नभयो ।
त्यस्तै माओवादी नेता हिमाल शर्माले ओली अन्तराष्ट्रिय अधिनायकबादको गोटी भएको टिप्पणी गर्नुभयो । एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीतिक दलहरु चुक्दा पटक पटक प्राप्त उपलब्धि गुमाउनु परेको बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष रञ्जित तमाङले संविधानले दिएको शिक्षा, स्वास्थ र रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली वैदेशीक शक्तिको कर्मचारी तहका व्यक्तिको गोटी बनेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्