८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चीनबाट ४० लाख खोप ल्याइँदै, नेपाल वायुसेवा निगमले निकाल्यो उडान तालिका


0
Shares

काठमाडौं, असार २० । सरकारले चीनबाट आगामी ८ साउनभित्र ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने भएको छ ।

सरकारले १८ असारमा चिनियाँ कम्पनी सिनोफार्मसँग भेरोसोल खोप ल्याउने सम्झौता भएको जनाएको थियो ।

खोप ल्याउने सम्झौता भए पनि यसअघि सरकारले खोपको परिमाण भने खुलाएको थिएन ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ६ चरणमा ४० लाख खोप ल्याइने जानकारी सामाजिक सञ्जानमार्फत जानकारी दिनुभएको छ ।

उहाँले खोप आपूर्ति गर्नका लागि नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक समेत गर्नुभएको छ ।

जस अनुसार, पहिलो खेप २४ असारमा आउने छ। त्यसैगरी, २५ असारमा दोस्रो खेप आउने छ। ३१ असार, १, ७ र ८ साउनमा बाँकी खोप ल्याइने जानकारी गराइएको छ ।

अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्ने पनि जनाएको छ ।

थप खोप ल्याउने प्रयास पनि जारी रहने भएनिएको छ ।