
काठमाडौं, मंसिर ४ । दार्चुलामा भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार राजधानीमा प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनपछि रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले भारतले सार्वजनिक गरेको नक्सा सच्चाउन जोडदार माग गरे ।
नेपाली भूमि समेटेर भारतले गएको कात्तिक १९ गते आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध हुँदै आएको छ ।
विरोध कार्यक्रमका सहभागीहरुले कालापानीबाट भारतीय फौज हटाउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्