२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सेनाले गर्‍यो प्रहरीलाई हातहतियार सहयोग


0
Shares

काठमाडौं, असार २१ । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हातहतियार उपलब्ध गराएको छ ।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षामा उपयोगी हुने सेनाले विश्वास लिएको छ ।

यसबारे मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले नेपाली सेनाले नेपाल प्रहरीलाई निशुल्क रुपमा विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा हातहतियार उपलव्ध गराएको हो ।

नेपाली सेनाले उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

उपलव्ध गराइएका हतियारको मर्मत तथा सञ्चालन तालिम समेत सेनाले नेपाल प्रहरीलाई प्रदान गर्ने जनाइएको छ ।