
संखुवासभा, असार २१ । संखुवासभाको धर्मदेवी नगरापालिका–४ छुम्मुङ भीरमा पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण बिहान गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
कोशी राजमार्ग अन्तर्गत बसन्तपुर चैनपुर खादवारी सडकखण्डको धर्मदेवी नगरपालिका–४ छुम्मुङ भीरमा गएको पहिरोले संखुवासभाको सदरमुकाम खाँदवारी आउने नाका बन्द हुँदा सार्वजनिक यातायातका साधनलगायत मालबाहक गाडी रोकिएका छन् ।
अवरुद्ध सडकमा ठुलाठुला ढुङा भएकाले पन्छाउन समस्या भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्