५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नाइजेरियामा नर्स र बालबालिका अपहरणमा


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समुहले नर्स र बालबालिका गरी १२ जनाको अपहरण गरेको छ ।

नाइजेरियाको उतरदक्षिण क्षेत्र जारियामा रहेको कुष्ठरोग केन्द्रमा प्रवेश गरेका बन्दुकधारी समुहले उनीहरुको अपहरण गरेको हो ।

अपहरणमा तीन बालबालिका सहित ९ जना नर्स रहेका छन् । अपहरणमा परेका बालबालिका सोही केन्द्रमा उपचाररत् रहेको बुझिएको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्दपी नाइजेरियाका आतंकवादी समुह बोको हरामले अपहरण गरेको आशंका गरिएको छ ।

नाइजेरियामा बिद्रोही समुह बोको हरामले दशकौंदेखि आतंकवादी हमला गर्दै आएको छ भने बर्षेनी स्कुले बिद्यार्थीहरुको अपहरण गर्ने गरेका छन् ।