४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


शेयर बजारमा पुनः गिरावट


0
Shares

काठमाडौं, असार २१ । सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।

११ अंकले घटेको बजारमा कारोवार रकम पनि साढे चार अर्बको हाराहारीमा मात्र सिमित रहेको छ । बजार खुलेसँगै २८ सय ४५ विन्दु सम्म पुगेको बजारमा उतार चढावकाबीच २८ सय २२ रोकियो ।

सोमवार व्यापार समुह १ सय ३२ अंकले, उत्पादा समुह २ सय ३१ र अन्य समुहमा ८ अंकको बृद्धि हुदा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

यसदिन सबैभन्दा बढी निर्जिबन बिमा १ सय ५६, जिबन बिमा १ सय ३६, विकास बैक १ सय २ अंकले कमी आउँदा होटल तथा पर्यटन ५९, वित्त ५७, जलविद्यूत ५३, र लघुवित्त समुहमा ३४ अंकले गिरावट आएको छ ।

सोमबार २९ कम्पनीको शेयर मुल्य बढ्दा बिशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् भने १ सय ५३ कम्पनीको मुल्यमा कमी आउँदा गुराँस फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन् ।

सोमबार दुई कम्पनीको मुल्य स्थिर रहेको नेप्सेले जनाएको छ । पछिल्लो समय बढ्दो राजनैतिक अस्थिरता, असार मसान्त नजिकिदै गर्दा बैकको व्याज तिर्नुपर्ने दवाव र विस्तारै निषेधाज्ञा खुल्दै जादा अल्पकालिन लगनीकर्ता बजारबाट बाहिरिने क्रम बढेसँग बजारमा परिसुचक र रकम दुवैमा कमी आएको विश्लेषण गर्न थालिएको छ ।

यसदिन २ सय २४ कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब ५८ करोड बढीमा कारोवार भएको एक्सचेञ्जले जनाएको छ ।