
बैतडी, असार २१ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा १९ जनामा संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ ।
गाउँपालिकाको विपद व्यस्थापन समितिले चडेपानी गाउँलाई एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो ।
संक्रमण नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिनुभयो ।
सिल अवधिभर गाउँमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । सो गाउँका ८० जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
कोरोनाबाट बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ । बैतडीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
असार १६ गतेपछि निषेधाज्ञा खुकुलो गरिएसँगै संक्रमण पनि बढ्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस्