१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनचाँदी व्यवसायलाई उच्च जोखिमको श्रेणीबाट हटाउन महासंघको आग्रहको आग्रह


0
Shares

काठमाडौं, असार २१ । सुनचाँदी व्यवसायलाई उच्च जोखिमको श्रेणीबाट हटाउन सुन चाँदी व्यवसायीहरुले आग्रह गरको छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आगामी मौद्रिक नीतिका लागि सुझाव दिंदै उक्त आग्रह गरेको हो । उच्च जोखिमको श्रेणीमा राखिएकोले गहना व्यवसायीहरुले वाणिज्य बैंकमा खाता खोल्दा झन्झटिलो प्रक्रिया पूरा गर्नु परिरहेको भन्दै यस व्यवसायलाई उच्च जोखिम वर्गबाट हटाई सहज र सरल बनाउनुपर्ने उनीहरुको माग छ ।

महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जिवित गर्न सक्ने मौद्रिक नीतिको आवश्यकतामा जोड दिएको छ । अर्थतन्त्रको मुख्य संवाहको रुपमा रहेको उद्योग, व्यापार र व्यवसाय क्षेत्रलाई पुनर्जीवित र पुनरुत्थान गर्न आवश्यक पूँजीको व्यवस्था गरी कर्जाको पुनर्तालिका, पुनरुत्थान कर्जाको व्यवस्था र व्याजमा छुट तथा सरलीकरण आदिको व्यवस्थाका लागि महासंघले सुझाएको छ ।

वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कजा आदिमा आभुषण व्यवसायलाई पनि समावेश गरिनु पर्ने, वास्तविक मागको सर्भेक्षण गरी आयातको कोटा बढाउनु पर्नेलगायतका ११ बुँदे सुझाब महासंघले दिएको छ । मुलुकमा चालू रहेको उद्योग, व्यापार, व्यवसाय मध्ये गहना व्यवसायले पनि वृहत आकार लिई सकेको छ । यस क्षेत्रमा अर्वौको लगानी भइसकेको छ ।

लाखौंले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको यस क्षेत्रले वार्षिक सरदर रु. ८ अर्व भन्दा बढी राजश्वमा योगदान गरिरहेको महासंघको दाबी छ ।