
काठमाडौं, असार २२ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितताको विषयमा २२ दिनदेखि आन्दोलनरत कर्मचारी, चिकित्सक र विद्यार्थीहरुले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वार्ता समिति गठन गर्न आग्रह गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले औपचारिक वार्ता टोली गठन गर्न ढिलाई गर्नु दुखद एवम् गैरजिम्मेवारीपूर्ण भएको जनाएका हुन ।
आन्दोलनकारीहरुसंग वार्ता गर्न सोमबार स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु धरान गएका थिए ।
मन्त्रालयका टोलीले आफुहरुको कुरा बुझ्ने र सुन्ने प्रयास गर्नुलाई सकारात्मक रुपमा लिए पनि यसलाई औपचारिक वार्ता नमान्ने उनिहरुको अडान छ ।
प्रतिष्ठानमा भईरहेको अनियमितताको विषयमा १२ बुँदे माग राखेर आन्दोलन गरिरहेका उनीहरुले उपकुलपति डा. ज्ञानेन्द्र कार्की लगायत ४ जना पदाधिकारीको राजीनामा समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्