८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मन्त्री नबनाएपछि रुष्ट प्रभु साहले भने ‘नेतृत्वले लञ्जित बनायो’


0
Shares

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री रहिसकेका र वर्तमान मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने आकांक्षा साँचेका साहले यसबाट आफू लज्जित भएको प्रतिक्रिया दिएका हुन् ।

मन्त्रीका आकांक्षी साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा गूटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको गम्भीर आरोप लगाएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको दावी पनि उनले गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा असन्तोष पोख्दै साहले लेखेका छन्, ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ । उनले अघि लेखेका छन्, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’

सामान्य कम्युनिष्ट मूल्य मान्यतासमेत अवलम्बन नगरिएको आरोप लगाएका साहले प्रधानमन्त्रीको कदमबाट आफू लज्जित भएको समेत उल्लेख गरेका छन् ।

नेतृत्वप्रति ब्यंग्य गर्दै साह भन्छन्, ‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लञ्जित भएका छौं’ ।

प्रधानमन्त्री ओलीले बुधबार राति ६ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।