
काठमाडौं, असार २२ । नेपालमा कोरोना भाइरसका संक्रमित लगातार दोस्रो दिन पनि बढेका छन् ।
मंगलबार २६ सय ३४ संक्रमित थपिँदा १५ सय ६५ लाई निको भएको छ । सोमबार २६ सय २२ जना संक्रमित थपिँदा २२ सय ११ जनालाई निको भएको थियो ।
१२ हजार ५ सय ८५ जनाको परीक्षणबाट २१ प्रतिशतमा संक्रमण देखिएको हो । थपिएकामा काठमाडौंका ३ सय ६५, झापाका १ सय ७६, सुनसरीका १ सय ३५, ललितपुरका १ सय ५, कास्कीका १ सय ३, चितवनका ९६ तथा भक्तपुरका २९ जना हुन् ।
अहिलेसम्म पीसीआरबाट ६ लाख ४८ हजार ८५ तथा एन्टिजेनबाट ३९ हजार ९ सय १० जनालाई कोरोना देखिएको छ ।
तीमध्ये ६ लाख १२ हजार ९ सय ९४ जनालाई निको भएको छ । मंगलबार १५ मृतक थपिएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्