१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलेक्ट्रिक माध्यमबाट जुवा खेलाउने र वन्यजन्तुको छाला तस्कर गर्ने ४ जना चिनियाँ नागरिक पक्राउ


13
Shares

काठमाडौं, असार २२ । महानगरिय प्रहरी परिसर काठमाडौंले ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको बालुवाटार बस्ने बर्ष ३१ का चिनियाँ नागरिक झाओ पेनुछेङ, थहिटी बस्ने बर्ष ३४ का म जिनिङ्गबिन, सोही स्थान बस्ने बर्ष ३१ का नियु युलियाङ्ग र बर्ष २८ का पिङ्ग हुइ रहेका छन ।

उनीहरुले थहिटी क्वाबहालस्थित होटल नै लिएर इलेक्ट्रिक माध्यमबाट जुवातासको धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौका प्रमुख अशोक सिहले बताउनुभयो ।

सिहका अनुसार पक्राउ परेका चिनियाँहरुले इलेक्ट्रिक माध्यमबाट जुवा खेलाउँदै आएका थिए । जुवा खेलाउने गरिएको उक्त होटल समेत चिनियाँ नागरिककै भएको पनि प्रहरीले जनाएको छ ।

उनीहरुबाट दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय किलो बरामद गरिएको छ ।