
काठमाडौं, असार २२ । कोरोना र निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित हुँदा वाणिज्य बैकहरुको कर्जा लगानीको तुलनामा निक्षेप थुप्रिएको छ ।
एक साताको अवधिमा मात्रै बैकहरुको निक्षेपमा ४७ अर्बले बृद्धि हुँदा १५ अर्बको लगानी गरेका छन् ।
बैंकहरुसँग अघिल्लो साता ३९ खर्ब ९९ अर्ब रुपैयाँ रहेकामा यो साता निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो ।
यस्तै पछिल्लो एक महिनाको अवधिमा निक्षेप ५५ अर्बले बढेको नेपाल बैकर्स संघले जनाएको छ ।
यस्तै बाणिज्य बैंकले एक महिनाको अवधिमा २१ अर्ब बढीले ऋण प्रवाह गर्दा ३६ खर्ब ६८ अर्ब पुगेको छ ।
यसैगरी गत वर्षको भन्दा चालु वर्षमा ७ खर्ब बढीले ऋण लगानी गरेका छन् ।
गत वर्ष असार मसान्त सम्ममा २९ खर्ब ३ अर्ब लगानी गरेका बैकले चालु आर्थिक वर्षको अन्त्यमा आईपुग्दा ३६ खर्ब ६८ अर्ब पुर्याएका हुन ।
सो अवधिमा वैकको निक्षेपमा समेत बृद्धि भएको नेपाल बैकर्स संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्