
काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् ।
नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् ।
वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका हुन् ।
निजिकरणको नाममा निगमलाई निमिट्यान्न पार्नका लागि र हवाई माफियाको इशारामा निजिकरण गर्न लागिएकोले यसैको विरोधमा आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा निगम कर्मचारी संघका महासचिव नेत्रराज राउतले बताउनुभयो ।
नेपाल वायुसेवा निगम आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थीले व्यवस्थापनको यो निर्णयले नेपाल वायुसेव निगमलाई तहसनहस पार्ने भएकाले यो मान्य नहुने बताउनुभयो ।
यो निर्णय खारेज नभएसम्मका लागि आन्दोलन जारी रहने उहाँको भनाई छ ।
नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्षले वायु सेवा निगमलाई नीजिकरण गर्न नदिनका लागि तालाबन्दी गर्नुपरेको बताउनुभयो । निगमलाई नीजिकरण गर्न लागिएको भएपनि सरोकारवालासँग छलफल नभएको उहाँले बताउनुभयो ।
आन्दोलित कर्मचारीहरु माथि प्रहरीले बल प्रयोग गरेको थियो । कर्मचारीहरुले प्रहरीले आफुहरुलाई बल प्रयोग गरी आन्दोलनमाथि हस्तक्षेप गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्