१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागि हुँदै


0
Shares

काठमाडौं, असार २२ । वर्ष दिनपछि धकेलियो टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । वाईल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी जुडोकी सोनिया भट्ट अहिले सोही ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् । प्रशिक्षक सुर्य नारायण श्रेष्ठले भट्टको तयारीलाई तिब्रता दिइरहेका छन् ।

कुने पनि खेलाडीको ओलम्पिक सहभागिता ठूलो लक्ष्य हुन गर्छ । विकसित देशका खेलाडीलो विभिन्न चरण पार गर्दै ओलम्पिक सहभातिालाई सार्थक बनाउँदा केही विकाशिसल राष्ट्रहरुलाई भने अवसर दिइने गरिन्छ ।

त्यो मध्येको वाइल्डकार्ड खुड्किलो हुने गर्दछ । जुलाई २३ बाट हुने ओलम्पिक सहभागिता जनाउने मध्येकी सोनिया भट्टले सोही वाइल्डकार्डबाट अवसर प्राप्त गरेकी हुन । र यति बेला अभ्यासलाई तिब्रता दिइरहेकी छिन् । पाँच खेलाडी मध्येकी सोनियाले वाइल्डकार्डबाट सहभागिता जनाउने अवसर मिलेको हो ।

सन २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट सम्मको यात्रा तय गर्दै इतिहास बनाएकी छिन् । जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएसँगै राम्रो नजिताका लागि खेल्ने सोनियाले बताउनुभयो ।

सहभागिता उपलब्धिमूलक बनाउने अठोट राखेकी सोनियाले देशको नाम राख्ने लक्ष्य भएको भन्दो दिन रात मिहिनेत गरिररहेकी छिन् । उनलाई प्रशिक्षक सूर्यनारायण श्रेष्ठले दिनमा तीन समयको अभ्यास गरराइरहेका छन् । सोनियाले सन २०१९ मा मोरक्कोमा भएको विशव जुडो च्याम्पियनसिपमा ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास रचेकी थिइन् । प्रशिक्षक सूर्य नारायण श्रेष्ठले तयारी राम्रो भएको र ४८ केजीमा नेपालको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

भट्टको ओलम्पिकमा पदक जित्ने भन्दा पनि राम्रो खेल्ने लक्ष्य छ । २४ तारिखमा नेपालकी सोनियाले नेपालको प्रतिनिधित्व गर्दै छिन् । सोनिया सहभागितालाई १५ तारिख नेपालबाट जापान प्रस्थान गर्ने छिन् ।