५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


वंशाणुगत रोग पत्ता लगाउने प्रयोगशाला नर्भिक अस्पतालमा


0
Shares

काठमाडौं, असार २३ । काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालले वंशाणुगत रोग पत्ता लगाउने प्रि–जेनेटिक डाइग्नोसिससहितको ल्याब (प्रयोगशाला) बुधबारदेखि सुरु गरेको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरुका लागि सुरु गरिएको यस ल्याबले स्वस्थ भ्रुणको पहिचान गरि वंशाणुगत रोगबाट वचाउन सक्ने अस्पतालले जनाएको छ ।

मानिसको शरीरमा कुनै वंशाणुगत रोग छ कि छैन् भन्ने पत्ता लगाउन सकिने यस ल्याव नेपालको पहिलो भएको अस्पताले जनाएको छ ।

वंशाणुगत रोग छ कि छैन् भन्ने पहिचानका लागि भारत जान पर्ने बाध्यता हटेको स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले जानकारी दिनुभयो ।