२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पुख्यौली विरासतमा नभइ योगदानको आधारमा नेतृत्व चयन हुनुपर्छ : महत


0
Shares

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताउनुभएको छ ।

पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा उहाँले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको बताउनुभयो । योग्य र सक्षम उम्मेदबार आकांक्षीका रुपमा अघि आउन सक्ने उहाँको भनाइ थियो ।

विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उहाँले पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गर्नुभयो । पार्टी भित्रका तीन पुत्र नेताहरुको भेटघाटलाई लक्षित गर्दे उहाँले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गर्नुभयो ।

पुत्रत्रयको भेटघाटले सकारात्मक संदेश नदिएको भन्दै महतले पार्टीमा ठूलो योगदान दिएका लाखौ नेता कार्यकर्ताहरु रहेको जिकर गर्नुभयो ।

उहाँले आफु सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनीतिक अबस्था बुझेर उपयुक्त नेतृत्व चयन गर्नु पर्नेमा महतको जोड छ ।