४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


नेप्सेमा गिरावट जारी, लघुवित्त र विकास बैंक मात्र हरियो


0
Shares

काठमाडौं, असार २३ । बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १ मा आएर थामियो ।

कारोबार पनि साढें ४ अर्ब हाराहारीमै खुम्चियो । लघुवित्त र विकास बैंक समूह दोहोरो अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे ।

निर्जीबन बीमा र उत्पादनमूलक समूह डेढ सय अंक हाराहारीले ओरालो लागे । जीवन बीमा, होटल तथा पर्यटन, वित्त, जलविद्युत, अन्य र व्यापार समूह पनि दोहोरो अंकले झरे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २२ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।