
काठमाडौं, असार २३ । नेपाल वायुसेवा निगम व्यवस्थापनले नेपाल सरकारको पूर्ण स्वामित्वमै निगमलाई राखिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
निगमलाई कम्पनीमा लैजान लागिएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएपछि बुधबार एक विज्ञप्ति निकाल्दै निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले सरकारको नीतिगत निर्णय पालनाका लागि केही निर्णय गरिएको भए पनि व्यवस्थापन निगमलाई नेपाल सरकारमातहत नै राख्नुपर्ने पक्षमा रहेको जनाउनुभएको हो ।
विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना मात्र गरेको उल्लेख गरिएको छ ।
निगममा कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पौडेलले उल्लेख गर्नुभएको छ ।
कर्मचारीहरु भने सरकारले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागेको भन्दै विरोधमा उत्रिएका छन् । सरकारको अति हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण निगम एकपछि अर्को गर्दै ऋणमा डुब्दै गएको छ ।
त्यसको विकल्पमा सरकारले निगमलाई कम्पनी मोडलमा लैजाने र साझेदार कम्पनी भित्र्याउने भन्दै त्यसका लागि प्रक्रिया थाल्न नागरिक उड्डयन मन्त्रालय र निगम व्यवस्थापनलाई ताकेता गरिरहेको छ ।
यस्तो छ, निगमले निकालेको विज्ञप्तिः


प्रतिक्रिया दिनुहोस्