
काठमाडौं, असार २३ । नेपालमा कोरोना भाइरसका संक्रमित लगातार तेस्रो दिन पनि बढेका छन् ।
बुधबार २ हजार ७७ जना पीसीआर परीक्षणबाटमात्र संक्रमित देखिँदा १३ सय ३३ जनामात्र संक्रमणमुक्त भएका छन् । यसअघि मंगलबार २६ सय ३४ संक्रमित थपिँदा १५ सय ६५ जना संक्रमणमुक्त भएका थिए भने सोमबार २६ सय २२ जना संक्रमित थपिँदा २२ सय ११ जनामात्र संक्रमणमुक्त भएका थिए ।
बुधबार २८ जना मृतक थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमित बढेर २६ हजार ५ सय ४४ पुगेका छन् । अहिलेसम्म ६ लाख १४ हजार ३ सय २७ जनालाई निको भएको छ ।
तर निको भएकाहरु पनि स्वास्थ्य मापदण्ड उल्लंघन गर्दा संक्रमित हुने क्रम बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस्