
सुनसरी, असार २३ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको छ ।
प्रतिष्ठानबाट उत्पादन हुँदै आएको अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा लिक्युइट अक्सिजन ट्यांकमार्फत बिरामीलाई सेवा दिने उद्देश्यले वैकल्पिक अक्सिजनको व्यवस्था गरिएको हो ।
कोरोना भाइरसका संक्रमित बिरामीहरुको अक्सिजन लेभलको मात्रा कम हुँदा कृतिम अक्जिसन दिएर उपचार गरिँदै आएको छ ।
कोरोनाका कारण कृतिम अक्सिजनको माग ह्वात्तै बढेपछि वीपी प्रतिष्ठानले २० हजार लिटर क्षमताको लिक्युइट अक्सिजन ट्याङक जडान गरेको सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिनुभयो ।
प्रतिष्ठान हाताभित्र ३५ फिट अग्लो अक्सिजन बुलेटको निर्माण सम्पन्न गरि वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको छ । लिक्युइटसहितको वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनका लागि संघिय सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट टेण्टर आव्हान गरि निर्माण कार्य सम्पन्न गरिएको बताइएको छ ।
प्रतिष्ठानमा सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट प्रतिमिनेट एकहजार ६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादित अक्सिजन प्रतिष्ठानका बिरामीलाई प्रयोग गर्न पर्याप्त छ ।
अक्सिजन प्लान्ट नचलेको अवस्थामा लिक्युइट अक्जिसजनबाट प्रतिष्ठानमा ५ दिनदेखि ६ दिनसम्म धान्न सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्