
चितवन, असार २३ । चितवनमा गाडीको ठक्करबाट पोथी जारायोको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा नम्बर नखुलेको गाडीले ठक्कर दिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने गाडीको खोजी कार्य भइरहेको र मरेको जरायोको मुचुल्का उठाएर वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्