
एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेको अमेरिकाको केन्द्रीय कमाण्डले जनाएको छ ।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी रहेको उल्लेख छ ।
बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण गरेको थियो ।
तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालिबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।
तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्ने अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्