२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षको छलफल


0
Shares

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् ।

काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायतसँग छलफल गरेका हुन् ।

बिहीबार दिउँसो भएको उक्त छलफलमा क्रियाशील सदस्यता वितरणमा भएका अनियमितताबारे कुराकानी भएको थियो । अन्य पार्टी छाडेर कांग्रेसमा आएकाहरूलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिन खोजेकोमा पौडेल पक्षले आपक्ति जनाएको छ ।

कांग्रेसमा वडादेखि चार तहबाट सिफारिस भई आएकाहरूलाई क्रियाशील सदस्यता दिने गरिन्छ । चार तह पार नगरी सिधै क्रियाशील दिन नहुनेमा पौडेल पक्षको मत छ ।

कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य पुगेका छन् भने पाँच हजार उजुरी परेकोमा अधिकांश उजुरी छानबिन भइसकेका छन् । कांग्रेसले साउन १२ मा वडा अधिवेशन गर्दैछ । भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन तोकिएको छ ।