१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै आयोजनास्थलमा आपतकाल लागू, संक्रमणको जोखिम बढ्ने विज्ञको राय


0
Shares

काठमाडौं । यही साउन ८ गतेदेखि हुने ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोमा आपतकाल लागू भएको छ ।

टोकियो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ आपतकाल लागू गरिएको हो ।

बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगितामा दर्शकलाई प्रवेशमा रोक लगाउने तयारी भएको छ ।

कोरोनाको संक्रमण रोक्न दर्शकको प्रवेशलाई रोक्नु नै उत्तम विकल्प भएको त्यहाँका विज्ञले बताएका छन् ।

ओलम्पिकमा विदेशी दर्शकलाई यसअघि नै प्रवेशमा रोक लगाउने निर्णय भइसकेको छ । ओलम्पिकको उद्घाटन जुलाई २३ तारिखमा हुँदैछ ।

कोरोना भाइरस महामारीका कारण स्थगित भएको ओलम्पिक प्रतियोगिता अहिले हुन लागेको हो ।